Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठजना घाइते


बैतडीमा भुवन टमट्टाले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप दुर्घटना भएको छ ।

गोठालाापानीबाट झुलाघाटतर्फ जाँदै गरेको जिप दशरथचन्द नगरपालिका–१० को बाराकोट भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको पिथौरागढकी २१ वर्षीया मीना जोशी रहेकी छन् ।

यस्तै दोगडाकेदार गाउँपालिका–६ की जानकी चुनारा,दशरथचन्द नगरपालिका–६ का ललीतराम टमट्टा र भारतको पिथौरागढका किसन पोहोरा गम्भीर घाइते भएका छन्। गाडीमा चालकसहित ११ जना सवार रहेका थिए ।

तीन जना सामान्य घाइते भएका छन् भने दुई जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode