Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमाले बर्दादेवीको अध्यक्षमा ठकुल्ला सर्वसम्मत चयन


नेकपा एमाले बर्दादेवीको अध्यक्षमा नर बहादुर ठकुल्ला सर्वसम्मत रुपमा चयन भएका छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीको दोस्रो वडा अधिवेशनबाट ठकुल्ला सहितको वडा कमिटी चयन भएको हो ।

जसको उपाध्यक्षमा टंक साउद सचिवमा टेक बहादुर सुतार (कार्की) उप सचिवमा सरिता रेग्मी,डवल टमट्टा लगायतका सदस्य रहेका छन् ।

वडा कमिटीका उपाध्यक्ष वसन्त स्वारको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य खगेन्द्र रोकाया प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकायाले सर्वसम्मत रुपमा चयन भएको नेतृत्वलाई बधाई ज्ञापन गर्दै उपलब्धिमूलक कार्यकालका लागी शुभकामना दिएका छन् ।

पछिल्लो समय राजनीतिक दलप्रति नागरिकहरूमा वितृष्णता पैदा भइरहेको अवस्थामा पार्टीमा आबद्ध नेता कार्यकर्ताले एमालेको सिद्धान्त अनुसार कठोर भएर संगठन निर्माणमा लाग्नु पर्नेमा उनको जोड छ ।

पार्टी भित्रका अन्तर विरोधहरूको समीक्षा सहित एमालेको आगामी मिसन प्राप्तिका लागि सबैको भूमिका हुनु पर्ने नेता रोकायाले बताएका छन् ।

राजनीतिक गठबन्धनका बिचमा पनि निर्वाचनमा नेकपा एमाले लोकप्रिय पार्टीको रुपमा स्थापित भएको स्मरण गराउदै उनले आगामी निर्वाचनमा स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रमा एमालेले एक बहुमत ल्याउने गरि आवश्यक भूमिका निर्वाह गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा,राष्ट्रिय महाधिवेशन परिषद् सदस्य डी.वि. साउँद जिल्ला कमिटी सदस्य बिन्दु रावल,डवल ठकुल्ला,नवराज साउद,भरत खड्का लगायतका अतिथि रहेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode