Hikmat Acharya
  • ९ असार २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बझाङमा एक पुरुष मृत फेला


बझाङमा एक पुरुष मृत फेला परेका छन् ।

बित्थडचिर गाउँपालिका(४ का ४५ वर्षीय रामबहादुर बोहरा आज बिहान मृत फेला परेका हुन् ।

शनिवार साँझ घर परिवार सँगै खाना खाएर आफ्नै घरको कोठामा सुतेको बोहरा आज बिहान अबेर सम्म नउठेपछि कोठामा गई उठाउन खोज्दा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ब्यापक चन्द्र शाहले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी शाहले बताए  ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode