Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जनचेतनामूलक देउडा,न्याउले प्रतियोगिता दर्नामा सम्पन्न


जनचेतनामूलक देउडा तथा न्याउले प्रतियोगिता दर्नामा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको आयोजनामा वडा स्तरीय देउडा तथा न्याउले प्रतियोगिता सम्पन्न भएको हो ।

वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रावलले देउडा र न्याउलेका माध्यमबाट समाजको अवस्था चित्रण हुने गरि प्रतियोगिता आयोजना गरिएकोमा खुसी व्यक्त गरेकी छन् ।

महिला तथा किशोरीहरूले देउडा तथा न्याउले मार्फत उठाएका बिभिन्न सामाजिक समस्या तथा आवश्यकताप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले यसको निराकरणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

विद्यमान अवस्थामा पनि महिला ,बालबालिका तथा किशोरी लगायतको क्षेत्रमा बनेका कानुनको पूर्ण कार्यान्वयन हुन नसक्दा उनीहरूले विभिन्न समस्या भोग्नु परेकोमा दुख व्यक्त गर्दै बनेका कानुन र अधिकार प्राप्तिका लागि स्वयम् जागरूक बन्नुपर्नेमा उनले जोड दिएकी छन् ।

जनतालाई प्रत्यक्ष अनुभूति हुने गरि आवश्यक गतिविधि अघि बढाउन गाउँपालिका सरकार तयार रहेको उनको भनाई छ ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत सबै जनताका आधारभूत आवश्यकतालाई सम्बोधन हुने गरि बजेट विनियोजन गर्ने उपाध्यक्ष रावलले प्रतिबद्धता जनाएकी छन् ।

प्रतियोगितामा कुन समूहले के स्थान हासिल गरे :-

वडा नम्बर ६ दर्नाका विभिन्न टोल र विद्यालयका १५ वटा समूह सहभागी प्रतियोगितामा ऐश्वर्य माद्यामिक विद्यालय प्रथम,धामी गाउँ टोल द्वितीय,चण्डाली टोल तृतीय,बिन्देवाशिनी माद्यामिक विद्यालय शान्तवना स्थान हासिल गर्न सफल भएका छन् ।

प्रतियोगिताका प्रथम,द्वितीय, तृतीय र शान्तवना हुने समूहले क्रमशः १० हजार,८ हजार,६ हजार र ४ हजार प्राप्त गरे ।

वडा सदस्य ललित साउँदले स्वागत गरेको कार्यक्रममा कार्यपालिका सदस्य पशुपति सुनार,पदमा साउद लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत अतिथि रहेका थिए भने कार्यक्रमको संचालन वडा सचिव दीपक तिमिल्सैनाले गरेका थिए ।



क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode