Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विनायकमा सम्पन्न आँखा शिविरबाट पाँच सय बढी लाभान्वित ( कुराकानी सहित )


पञ्चदेवल विनायक नगरपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ५ सय ६१ जनाले सेवा लिएका छन् ।

च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा पंचदेवल विनायक नगरपालिकाको आयोजनामा जेठ ७ गतेबाट सुरु भएको आँखा शिविरबाट उनीहरूले निःशुल्क सेवा लिएका हुन् ।

३ दिने निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ ।

जसमा १८ जना कालिकोटका सेवाग्राही रहेका छन् । शिविरबाट १ सय १३ जनालाई निःशुल्क चस्मा बितरण गरिएको नगर प्रमुख अम्बिका चलाउनले जानकारी दिएकी छन् । निःशुल्क आँखा शिविरमा उपचारका लागि छिमेकी जिल्ला कालिकोटबाट समेत सर्वसाधारण आई पुगेका थिए ।

आर्थिक अवस्था कमजोर भएर उपचार अभावमा आँखाको समस्या खेपिरहेका नागरिक आफ्नै ठाउँमा निःशुल्क आँखाको उपचार गर्न पाएपछि खुसी भएका छन् ।

यस अघि पनि पञ्चदेवल विनायक नगरपालिकाले निःशुल्क विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको थियो । आगामी दिनमा समेत यस्ता शिविरको आयोजना गरिने नगर प्रमुख अम्बिका चलाउनेले प्रतिबद्धता जनाएकी छन् ।

कुराकानी : अम्विका चलाउने


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode