Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु


धनगढी डडेल्धुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको पर्शुराम नगरपालिका–५ ठकुरी टोलका ५१ वर्षीय गणेश लुहारको ढुङ्गा लागेर मृत्यु भएको हो ।

महाकाली किनारको घोप्टे भन्ने ठाउँमा हावा–हुरीका कारण भिरबाट आएको ढुङ्गा लागेर गणेशको मृत्यु भएको प्रहरीले बताएको छ ।

टाउकोमा चोट लागेका उनको घटना स्थलमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ ।  इलाका प्रहरी कार्यालय, जोगबुढाको टोलीले आवश्यक अनुसन्धान गर्दैछ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode