Hikmat Acharya
  • ३० माघ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

पार्टी संगठन बिस्तारमा लागी पर्न एमाले अध्यक्ष बोहराको निर्देशन


नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले पार्टी मोर्चा बलियो भए मात्रै संसदीय मोर्चा हासिल हुने भएकाले पार्टी मोर्चालाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् ।

नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनको द अधिवेशनमा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बोहराले पार्टी र संगठन बिस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

तिमिल्सैनमा गएको चुनावबाट नयाँ विरासत कायम गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै विरासत जोगाइ राख्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचनका क्रममा गरिएका प्रतिबद्धता र घोषणा अनुरूप पार्टीका जनप्रतिनिधि अघि बढ्नुपर्ने उनको भनाई छ ।

पार्टी र पार्टीका नेताहरू व्यकति े््ि नई ठाउँ र समाज केन्द्रित बन्नुपर्ने उनले सुझाव दिएका छन् ।

वडा कमिटी अध्यक्ष किरण खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट झंकर बोहराको अध्यक्षतामा नयाँ वडा संगठन कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ ।

जसको उपाध्यक्षमा सरिता ठकुल्ला सचिवमा वेदराज तिमिल्सिना, सह सचिवमा चन्द्रकला ठकुल्ला राजेन्द्र परियार लगायतका सदस्य रहेका छन् ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य नवरा साउँद,वल ठकुल्ला,रत डक बिन्दु रावल लगायतका अतिथि रहेका थिए ।

 


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode