Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछामका एक युवक २ वर्षदेखी बेपत्ता


अछामका एक युवक २ बर्षदेखी सम्पर्कविहीन भएका छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर १ लिफ्रु घर भएका २६ वर्षीय सुर्जे भनेर चिनिने शीतल धामी २ बर्षदेखी सम्पर्क विहीन भएका हुन् ।

उनका आफन्तजनका अनुसार काठमाण्डौको एक होटेलमा करिब दुई महिना काम गरेर पाएको कमाएको पैशा घर पठाएका उनी आफूसँगै काम गर्ने साथी र होटेल मालिकलाई घर जान्छु भनेर निस्किएका थिए ।

उनको खोजीका लागि विभिन्न प्रयास गरे पनि हालसम्म नभेटिएको उनका आफन्त तथा साथी वीरेन्द्र धामीले बताएका छन् ।

बेपत्ता रहेका धामीले अङ्ग्रेजी मिति अनुसार सन २०२२ को फेब्रुअरी २७ गते फेसबुकमा निराशाजनक स्टाट्स लेखेका लेखेका थिए ।

स्टाट्स पोस्ट गरेकै दिन देखी उनी सम्पर्क विहीन छन् ।

उनलाई देख्ने वा फेला पार्ने महानुभावहरूलाई नजिकको प्रहरी चौकी तथा सम्पर्क नम्बर 9862468586 मा सम्पर्क गर्न परिवारजनले आग्रह गरेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode