Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नेकपा एमाले कालिकाको वडा अध्यक्षमा साउँद सर्वसम्मत


नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाको वडा कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ ।

शनिवार सम्पन्न दोस्रो वडा अधिवेशन मार्फत इन्द्र साउँदको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी चयन गरिएको हो । वडा कमिटीको उपाध्यक्षमा पशुपति रावल,सचिवमा मनोज रावल,सहसचिवमा दल साउँद,निर्मला रावल लगायतका सदस्य रहेका छन् ।

वडा कमिटी अध्यक्ष टंक साउँदको अध्यक्षतामा भएको वडा अधिवेशन कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला रावल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश कमिटी सदय निर्मला रावलले सर्वसम्मत चयन भएका पदाधिकारीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकी छन् । पार्टीको विधि विधान अनुसार पार्टी हितका गतिविधि अगाडी बढाउनुपर्नेमा जोड दिँदै उनले कालिकाको विरासतलाई थप मजबुत बनाउन आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल,जिल्ला कमिटी सदस्य डवल ठकुल्ला,भरत खड्का पालिका कमिटी अध्यक्ष हर्क साउँद लाल कामी,जगत बहादुर रावल लगायतका अतिथि रहेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode