Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रेडियो बान्नीगढीका अध्यक्ष साउदलाई पितृ शोक


रेडियो बान्नीगढी एफ.एम.का अध्यक्ष रतन साउदलाइ पितृशोक परेको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जयगढ बजारमा व्यवसाय गर्दै आएका उनका पिता राम बहादुर साउँदको ८१ बर्षको उमेरमा बुधवार बिहान नि’धन भएको हो ।

जयगढ बजारका संस्थापक मध्यका एक पुराना व्यापारी राम बहादुर साउँद (नाउटे) २०४५ सालदेखी जयगढमा साउद होटल संचालन गर्दै आएका थिए ।

जयगढमा बजार स्थापनका लागि अतुलनिय योगदान गरेका उनी हट्टि स्वभावका साथै सामाजिक अगुवाका रुपमा स्थापित थिए ।

उनको नि’धनको शोकमा जयगढ बजारमा एक दिन शोक दिवश मनाईने बजार समितिका अध्यक्ष पूरन शेट्टीले बताएका छन् ।

साउँदको भोली बिहिवार बिहान बुढीगंगा नदिमा दा’ह संस्कार गरिने छ ।

साउँदका २ छोरा मध्य रतन साउँद सरस्वती माद्यामिक बिद्यालयको सहायक प्रधानाध्यापक र रेडियो बान्नीगढीको अध्यक्ष छन् भने अर्का छोरा बैदेशिक रोजगारीमा छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode