Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जयगढका पुराना व्यापारी सामाजिक अगुवा साउदको निधन


जयगढ बजारका संस्थापक मध्यका एक पुराना व्यापारी राम बहादुर साउँद (नाउटे)को निधन भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवी लामागाऊँ घर भई जयगढ बजारमा होटल व्यवसाय गर्दै आएका साउँदको ८१ बर्षको उमेरमा बुधवार बिहान निधन भएको हो ।

२०४५ साल देखी जयगढमा साउद होटल संचालन गर्दै आएका साउँद जयगढ बजारमा स्थापनाकार मध्यका एक हुन् ।

जयगढमा बजार स्थापनका लागि अतुलनीय योगदान गरेका उनी हट्टी स्वभावका साथै सामाजिक अगुवाका रुपमा स्थापित थिए ।

उनको निधनको शोकमा जयगढ बजारमा एक दिन शोक दिवस मनाइने बजार समितिका अध्यक्ष पूरन शेट्टीले बताएका छन् ।

साउँदको भोली बिहीबार बिहान बुढीगंगा नदिमा दाहसंस्कार गरिने छ ।

साउँदका २ छोरा मध्य रतन साउँद सरस्वती माद्यामिक बिद्यालयको सहायक प्रधानाध्यापक र रेडियो बान्नीगढीको अध्यक्ष छन् भने अर्का छोरा दिपेन्द्र बैदेशिक रोजगारीमा छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode