Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आव्हान गरे प्रदेश सभा बैठक


धनगढी । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक जेठ ३ गते बिहान सवा १० बजेका लागि आह्वान गरिएको हो । यस बैठकबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरिएको छ ।

विश्वासको मतको लागि बोलाइएको यो तेस्रो पटक हो । यसअघि बैशाख २१ र २२ गते पनि प्रदेश सभा बैठक बोलाइएको भएपनि बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री सोडारीलाई सत्ता घटक एमालेले विश्वासको मत नदिने अडान लिएका कारण यस अघिका बैठक स्थगित गरिएको थियो ।

सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१ जेठ ३ गते बिहीबार बिहान १०स् १५ बजे प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका ११, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एक एक सांसद रहेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode