Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

गाउँपालिका उपाध्यक्ष रावलद्वारा मन्त्री भण्डारीसमक्ष १२ बुँदे माग पत्र पेश


बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष माग पत्र पेस गरेकी छन् ।

गाउँपालिकामा सम्भावित बिभिन्न ग्राम उद्योग,कृषि पर्यटन क्षेत्रबारे ध्यानाकर्षण गराउदै उनले मन्त्री भण्डारी समक्ष १२ बुँदे माग पत्र पेश गरेकी हुन् ।

उपाध्यक्ष रावलका अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा संचालन गर्न सकिने सम्भावित ग्राम उद्योग लगायतका विकास निर्माणका योजनामा बजेट विनियोजन गर्न पत्र मार्फत माग गरिएको छ ।

छातासैन कृषि ग्राम उद्योग,बान्नीगढी अल्लो प्रशोधन उद्योग,तरकारी फलफूल संकलन तथा प्रशोधन केन्द्र, होजियारी उद्योग,स्यानेटरी प्याड उद्योग,युवा लक्षित स्वरोजगार उद्योग,बृहत् खानेपानी आयोजना,जयगढ छातासैन स्याउले सडक मर्मत लगायतका शिर्षकमा बजेट माग गर्दै माग पत्र पेश गरिएको उपाध्यक्ष रावलले बताएकी छन् ।

शनिवार मंगलसैनमा आयोजित एक कार्यक्रममा नेकपा एमाले अछामले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमक्ष २३ बुँदे माग पत्र पेश गरेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode