Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सरकारले युवाहरूलाई उद्यमशिलतामा जोड्छ : उद्योग मन्त्री भण्डारी


नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले नव युवाहरूलाई उद्यम शिलतामा जोडने कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभएको छ ।

स्थानीय स्रोत साधनको उपयोग गरि युवालाई उद्यमशिलतमा जोड्ने र युवाहरूलाई रोजगारी सृजना गरिने कार्यलाई सरकारले पहिलो योजनाको रूपमा अगाडि बढाउने बताउनुभयो ।

सुदुरपश्चियम थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले यहाको स्रोत साधनको सहि ढंगले उपयोग गरि नयाँ उद्योग संचालन गर्न तर्फ सरकार तयार रहेको मन्त्री भण्डारीको भनाई छ ।

यहाका तमाम खालका जटीलताहरु समस्या, र चुनौतीलाई सम्भावनामा बदल्नुपर्नेमा जोड दिनुभएको छ ।

सरकारको प्राथामिकता भनेकै कृषि, उर्जा र शिक्षा क्षेत्र भएकाले यस्ता सम्भावना बोकेका क्षेत्रमा लगानी गरि उद्यमशिलताको विकासमा जोड दिईने बताउनुभयो ।

अब सरकार नयाँ बजेट ल्याउने तयारीमा जुटी सकेको भन्दै मन्त्री भण्डारीले हाम्रा समृद्धिका आकांक्षालाई पुरा गर्ने गरि सरकारले बजेट ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

नेपाल सरकार आगामी आर्थिक बर्ष संकल्पको वर्ष, सफलताको बर्ष बनाउ तर्फ केन्द्रित भएको दाबी गर्नुभएको छ ।

अछामको कमलबजार नगरपालिका वडा न ६ मा आयोजना गरिएको शैक्षिक ज्ञान विज्ञान धार्मिक महामहोत्सवमा प्रमुख अतिथिको आशन बाट बोल्दै मन्त्री भण्डारीले प्रविधि मैत्री शिक्षाको लागि सरकारले विशेष योजना ल्याउन थालेको भन्दै शिक्षा क्षेत्रमा समय सुहाउँदो विकास हुन आवश्यक रहेको बताउनुभयो ।

अहिले पनि पहाडी क्षेत्रमा शैक्षिक क्षेत्रको अलि बढि समस्या देखिएको भन्दै यश तर्फ सरकार सचेत रहेको बताउनुभयो । मन्त्री भण्डारीले विद्यालयको विकासका लागि आफ्नो क्षेत्रबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

महोत्सव मुल आयोजक समितिका संयोजक लाल बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद यज्ञ बहादुर बोगटी, संविधानसभा सदस्य भरत साउद, मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, कमलबजार नगरपालिका उप प्रमुख सारदा बिष्ट कुवँर, नेपाली काँग्रेसका महासमिति सदस्य पदमराज अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक टोपेन्द्र कुमार शाहीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन विद्यालयका लेखापाल चक्र बहादुर बिष्टले गर्नुभएको थियो ।

धार्मिक ज्ञान विज्ञान महामहोत्सव बैशाख २८ गते सम्म संचालन हुने मुल आयोजक समितिले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode