Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मेल्लेखमा पस्यो अख्तियार : सडक कालोपत्रे देखी दर्जनौँ उजुरीको अनुसन्धान हुँदै


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेल्लेख गाउँपालिकामा अनुसन्धान सुरु गरेका छ ।

गाउँपालिकासँग सम्बन्धित बिभिन्न उजुरीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको हो ।

मेल्लेख गाउँपालिकामा निर्माण भईरहेको नन्देगडा दुपाल्त मेल्लेख डिक कालोपत्रे योजनादेखि दर्जनौँ योजनाको अख्तियारले अनुसन्धान सुरु गरेको बताईएको छ ।

स्रोतका अनुसार गाउँपालिकालाई कुनै जानकारी नदिई गएको शुक्रवारदेखी २ दिनसम्म गाउँपालिकाका बिभिन्न योजनाको टोलीले गोप्य अनुसन्धान गरेको थियो ।

सडक कालोपत्रेका क्रममा कमसल सामाग्री प्रयोग भएको सम्झौतामा उल्लेख भए बमोजिम काम नभएको भन्दै उजुरी परेको र अन्य बिभिन्न योजनाका बिषयमा समेत अख्तियारमा उजुरी परेका छन् ।मेल्लेख गाउँपालिकाबाट मात्रै २ दर्जन बढी उजुरी परेको गाउँपालिका निकट स्रोतले बताएको छ ।

केहि योजनाबारे आशङ्काका आधारमा उजुरी परे पनि अधिकांश उजुरी प्रतिशोध साध्ने उद्देश्यले हालिएको गाउँपालिकाको दाबी छ । गाउँपालिकाका बिभिन्न योजना कार्यान्वयनको स्थलगत अनुगमन गरेको अख्तियारको टोलीले तिँ योजनासँग सम्बन्धित कागजात मगाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरको पत्रानुसार माग गरिएका कागजात उपलब्ध गराइएको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बहादुर बुढाले बताएका छन् ।

गाउँपालिकामा संचालित बिभिन्न योजनको स्थलगत अनुगमन गरेको अख्तियारको टोलीले कागजात अध्ययन पश्चात् अनुसन्धानका आधारमा आवश्यक प्रक्रिया अगाडी बढाउने बताइएको छ ।

मेल्लेख गाउँपालिकाको गौरवको आयोजना नन्देगडा दुपाल्त मेल्लेख सडक कालोपत्रे योजनामा निर्माण कम्पनीले कमसल सामाग्री प्रयोग गरेको भन्दै सामाजिक संजालमा आलोचना हुँदै आएको थियो ।

अख्तियारको टोलीले स्थलगत अनुसन्धान गरिसकेकाले यस सम्बन्धमा निष्पक्ष छानबिन हुने स्थानीयको विश्वास छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode