Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको ज्यान गयो


भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन्  ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

पाथरा गाउँका झण्डै ३० जना मानिस पिकअप गाडीमा पारिवारिक समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ ।

रातिको समयमा सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएर पिकअप गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइतेको उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode