Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

इलाम २ २३ हजारभन्दा बढी गणना हुँदा एमालेका सुहाङको मत ९ हजार कट्यो


इलाम–२ मा २३ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले ९ हजार मत कटाउनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार सुहाङले ९ हजार ४ सय ८४ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ६ सय ३१ मत ल्याउनुभएको छ ।

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ९ सय ५१ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ४ सय १ मत आएको छ ।

एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ५५ र राप्रपाका लक्ष्मी गुरुङको ५० मत आएको छ ।

इलाम २ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode