Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

इलाममा एमालेका सुहाङले अग्रता बढाउँदै


उपचुनाव अन्तर्गत इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लैजानुभएको छ ।

अहिलेसम्म १५ हजार ९ सय ६८ मतगणना हुँदा नेम्वाङले ६ हजार ४ सय ३ मत ल्याउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ४ हजार ७ सय ८० मत ल्याउनुभएको छ । एमालेका सुहाङ १६ सय २३ मतले अगाडि हुनुहुन्छ ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार १ सय ८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले एक हजार मत ल्याउनुभएको छ ।

इलाम २ मा अस्ति शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode