Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

पोषणमैत्री वडा घोषणाको तयारी

तिमिल्सैनमा बहुक्षेत्रीय पोषण योजना र व्यवहार परिवर्तनबारे अभिमुखीकरण : यस्तो छ उपाध्यक्ष रावलको आग्रह


बहुक्षेत्रीय पोषण योजना तथा व्यवहार परिवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तिमिल्सैनमा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ४ तिमिल्सैनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नियमित सरसफाइ र खानपानमा गर्नुपर्ने व्यवहार परिवर्तनका बिषयमा प्रशिक्षण दिइएको थियो । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वडा नम्बर १ गाज्रा र वडा नम्बर ४ तिमिल्सैनलाइ यही असार मसान्तसम्म पोषणमैत्री वडा घोषणा गर्ने लक्ष लिइएको छ ।

सोही उद्देश्य अनुरूप वडा अध्यक्ष किरण खत्रीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिन्दु रावल प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रावलले सुरुवातमा केही परिवर्तन देखिने र फेरि पुरानै अवस्थामा फर्किने कारण छाउपडी प्रथा,स्वास्थ्य सरसफाइ लगायतका कार्यक्रम ओझेलमा पर्नु दुःखद भएको बताएकी छन् ।

अस्वस्थकर व्यवहारबारे जानकारी भए पनि व्यवहार परिवर्तन हुन नसकेकोमा गाउँपालिका उपाध्यक्ष रावलले चिन्ता व्यक्त गरेकी छन् । वडालाई असार भित्रै पोषणमैत्री घोषणा गर्ने लक्ष हासिल गर्न आवश्यक भूमिका निर्वाह गर्न सरोकारवालालाई उपाध्यक्ष रावलले आग्रह गरेकी छन् ।

बाईट : बिन्दु रावल

कार्यक्रममा बोल्दै समाजसेवी तथा पूर्व जिल्ला विकास समिति सदस्य तिलक बहादुर खत्रीले स्वास्थ्य क्षेत्रमा सेवा प्रवाहको अवस्था र आवश्यकतालाई ध्यानमा राखी पालिकाले गतिविधि संचालन गर्नुपर्ने बताएका छन् ।

बाईट : तिलक खत्री

यस्तै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले गाज्रा र तिमिल्सैनलाइ यही असार मसान्तसम्म पोषणमैत्री वडा घोषणा गर्ने लक्ष लिइएको बताउँदै सोही अनुसार स्वास्थ्यकर व्यवहार अपनाउन वडावासीमा आग्रह गरेका छन् ।

बाईट : वसन्त बहादुर रावल

वडा सदस्य,शिक्षक ,महिला स्वास्थ्य स्वयंसेविका ,बाल क्लबका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण लक्ष्मण साउदले र संचालन पोषण सहजकर्ता सिर्जना खड्काले गरेकी थिइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode