Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

क्षयरोग न्यूनीकरणबारे अभिमुखीकरण जयगढमा सम्पन्न : परीक्षणको दायरा बढाउनुपर्नेमा उपाध्यक्ष रावलको जोड


क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको अभिमुखीकरण तथा पालिका स्तरीय गठन कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एक कार्यक्रमकाबिच क्षयरोगबारे अभिमुखीकरणका साथै क्षयरोग मुक्त अभियानका लागि पालिका स्तरीय समिति गठन गरिएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नेपालको क्षयरोग सङ्क्रमणको अवस्था,मृत्युदर र क्षयरोग अर्थात् टी.बी रोग न्यूनीकरणका लागी अपनाउनु पर्ने सावधानी तथा उपायका बिषयमा छलफल गरिएको थियो ।

विश्वमा बर्सेनि १५ लाखको क्षयरोग सङ्क्रमणका कारण मृत्यु हुने गरेकोमा नेपालमा मात्रै १७ हजारको मृत्यु हुने गरेको अनुमान गरिएको छ । यस्तै एक सर्वेक्षणका अनुसार नेपालमा बर्सेनि ६९ हजार बिरामी थपिने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको सूचिमा नेपाल पनि क्षयरोगको उच्च जोखिममा रहेको छ ।

क्षयरोग सर्ने प्रमुख माध्यम श्वासप्रश्वास रहेकाले खोक्दा हाच्छ्युँ गर्दा मुख छोप्न तथा भिडभाडमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सुझाव दिइएको छ ।

चुनौतीका रुपमा देखा परेको यो रोगलाई न्यूनीकरण गर्ने उद्देश्य सहित बान्नीगढी जयगढ गाउँपालिकामा पालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा समिति गठन गरिएको छ । उपाध्यक्ष सहित वडा अध्यक्ष,शिक्षा शाखा विद्यालय लगायतको प्रतिनिधि रहने गरि क्षयरोग मुक्त अभियान समिति गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले क्षयरोग विरुद्धको अभियान जिल्लामै पहिलो पटक बान्नीगढीबाट सुरु गरिएकोमा धन्यवाद ज्ञापन गर्दै अभियान सफल पार्न पूर्ण रुपमा लागी पर्ने प्रतिबद्धता जनाएकी छन् ।

पालिकामा आयोजना हुने बिभिन्न सार्वजनिक कार्यक्रममा समेत टी.बी.रोगबारे सचेतना फैलाउनुपर्नेमा उनको जोड छ । प्रयोगशाला सेवा उपलब्ध रहेका स्वास्थ्य संस्थामा आउने गर्भवती महिला,लगायतका बिरामीहरूको टी.बी.रोग जाँच गरेर परीक्षणको दायरा बढाउनुपर्ने उनले उल्लेख गरेकी छन् । भौतिक पूर्वाधारमा मात्रै नभई आगामी आर्थिक वर्षमा स्वास्थ्य शिक्षा क्षेत्रमा समेत बजेट विनियोजन गर्नेमा उपाध्यक्ष रावलले जोड दिएकी छन् ।
बाईट : बिन्दु रावल
पालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय अछामका क्षय तथा कुष्ठरोग सुपरभाइजर निरीक्षक दीपेन्द्र जैसीले र संचालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भुवन सिंह साउँदले गरेका थिए ।

यसै बिच अछाम जिल्लामा क्षय अर्थात् टी.बी.रोग सङ्क्रमणको अवस्था र रोग नियन्त्रणका लागी भइरहेका प्रयासबारे हामीले स्वास्थ्य कार्यालय अछामका क्षय तथा कुष्ठरोग सुपरभाइजर निरीक्षक दीपेन्द्र जैसीसँग कुराकानी गरेका छौ ।

कुराकानी कुराकानी : दीपेन्द्र जैसी


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode