Hikmat Acharya
  • २८ वैशाख २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

मेलमिलापकर्ताका लागी ८ दिने तालिम बान्नीगढीमा सम्पन्न : शान्ति अमन चयन कायम गराउन भूमिका खेल्न आग्रह


मेलमिलाप सम्बन्धी आधारभूत तालिम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूका लागी यही वैशाख ६ गतेदेखि सुरु भएको ८ दिने तालिम बिहीबार सम्पन्न भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाको न्यायिक समितिको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिममा पालिकाका ६ वटा वडाका २४ जना युवा युवतीको सहभागिता रहेको थियो । पालिकाको न्यायिक समितिको काम कर्तव्य अधिकार क्षेत्रबारे जानकारी गराइए न्यायिक समितिप्रति नागरिकको आकर्षण बढाउने उद्देश्य अनुरूप संचालन गरिएको तालिमका सहभागीलाई मेलमिलाप कर्ताको रुपमा प्रमाण पत्र प्रदान समेत गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । ८ दिनसम्मको तालिममा सहभागी भएका २४ जना युवायुवतीलाई मेलमिलापकर्ताको प्रमाण पत्र प्रदानसँगै शपथ ग्रहण गराइएको छ । गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले उनीहरूलाई मेलमिलापकर्ताको शपथ खुवाएकी हुन् ।
बाईट : शपथ ग्रहण

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साउँदले मेलमिलापकर्ताका रुपमा तालिम पाएसँगै सहभागीकोको आफ्नो नयाँ दायीत्व सुरु भएको बताएका छन् ।समाजमा हुने बिभिन्न किसिमका झैँ झगडालाई मेलमिलापका माध्यमबाट निरूपण गर्ने जिम्मेवारी उनीहरूले पुरा गर्नेमा अध्यक्ष साउँदले विश्वास व्यक्त गरेका छन् ।

आफूमा भएको अधिकार र जिम्मेवारी निश्पक्ष ढंगबाट पुरा गर्न उनले सुझाव समेत दिएका छन् । पछिल्लो समय मोबाइलको दुरुपयोगका कारण पनि बिभिन्न हिंसाका घटना हुने गरेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।
बाईट : टेक बहादुर साउँद

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले आगामी आर्थिक वर्षमा पालिकाका २ वटा ठाउँमा मेलमिलाप केन्द्र स्थापना गर्ने बताएकी छन् । हिंसारहित समतामूलक समाज निर्माण गर्ने उद्देश्य सहित आगामी आर्थिक वर्षमा पालिकाका २ ठाउँमा मेलमिलाप केन्द्र स्थापना लक्ष्य लिइएको उनको भनाई छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिहरूबाट समेत हिंसाका घटना भइरहेकोमा चिन्ता व्यक्त गर्दै उपाध्यक्ष रावलले नियम विपरीत कार्य गर्ने जो सुकैलाई कानुनी सजायको भागीदार बन्नुपर्नेमा जोड दिएकी छन् ।

समाजमा लुकेर दबिएर रहेका हिंसा तथा अन्यायका घटनालाई उजागर गर्न मेलमिलापकर्ताको अहम् भूमिका हुने उपाध्यक्ष रावलको अपेक्षा रहेको छ । हिंसाका घटना आफूमाथि हुन नदिन र अरूमाथि भएमा समेत सहेर बस्न नहुनेमा उनले जोड दिएकी छन् ।
बाईट : बिन्दु रावल

 

तालिमको सहजीकरण तथा प्रशिक्षण प्राकृतिक द्धन्द रूपान्तरण केन्द्र नेपालका लोक बहादुर थापा र टंक भण्डारीले गरेका थिए । तालिमको समापन कार्यक्रममा पालिकाका बिभिन्न वडाकाका अध्यक्ष कार्यपालिका सदस्य,कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन न्यायिक समितिका उजुरी प्रशासक गणेश सुनारले गरेका थिए ।

 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode