Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम आउँदै गरेका बि.क.दम्पतीको मोटरसाइकल दुर्घटना : श्रीमानको मृत्यु ,श्रीमती घाइते


मंगलसैन आउँदै गरेका एक दम्पती सवार मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिए पश्चात् घाइते भएका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको हो भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी हुन् ।

मंगलसैन नगरपालिका वडा नम्बर ३ बिसाकोट घर भएका उनीहरूलाई कैलालीबाट अछाम आउँदै गर्दा बुडरमा ट्याङ्करले ठक्कर दिएको थियो ।

भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले रमेश दम्पती सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएका दुवै श्रीमान् श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode