बान्नीगढी जयगढ गाउँपालिका
गाउँपालिकाको उपभोक्ता समिति गठनको म्याद सकियो : वडा कार्यालयमा अझै पुगेन रातो किताव

बान्नीगढी जयगढ गाउँपालिकामा हिउँदे गाउँ सभा सम्पन्न भएको २ महिना पुग्नै लाग्दा समेत रातो किताब वडा कार्यालयलाई नदिइएको पाइएको छ ।
गाउँपालिकाको हिउँदे गाउँ सभा अर्थात् ११ औँ अधिवेशन भएको २ महिना पुग्नै लाग्दा पनि गाउँपालिकाले राो किताब वडा कार्यालयलाई उपलब्ध नगराएको हो ।
गाउँपालिकाको हिउँदे गाउँ सभा तथा ११ औँ अधिवेशन गएको फागुन ३० गते सम्पन्न भएको थियो । उक्त अधिवेशनमा पालिकाका विभिन्न योजना रकमान्तर गरिएका थिए भने केही नयाँ योजनामा बजेट विनियोजन गरिएको थियो ।
योजनाको रकमान्तर र नयाँ योजनाको बिवरण सहितको रातो किताब वडा कार्यालयलाई हालसम्म नदिँदा वडामा योजनाका उपभोक्ता समिति गठन र सिफारिस गर्न कठिनाइ भरहे ।
वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउदका अनुसार रातो किताबमा कुन शीर्षकमा बजेट छुट्ट्याएको छ भन्ने एकिन नगरी उपभोक्ता समिति गठन र सिफारिस गर्दा झन्झट भईरहेको छ ।
उनको भनाइमा रातो किताबमा के शीर्षक प्रविष्ट गरिएको छ भन्ने एकिन नभई उपभोक्ता समिति गठनको सबै प्रकृया पुरा गरि छाप तयार गरि सम्झौताका लागि सिफारिस गर्दा नाम फरक पर्न गएमा सबै प्रकृया पुनः गर्नुपर्ने हुन्छ ।
रात किताब वडा कार्यालयसँग नभएपछि सरस्वती माद्यामिक बिद्यालयको खेल मैदान तथा घेरा पर्खाल योजनाको सिफारिस गर्दा नाम र शीर्षक फरक पर्दा झन्झट भएको वडा कार्यालयले बताएको छ ।
रातो किताब पठाई दिन बारम्बार कार्यालय प्रमुखलाई आग्रह गर्दा समेत हालसम्म रातो किताब उपलब्ध नगराइएको वडा अध्यक्ष साउदको भनाइ छ ।
हचुवाको तालमा पालिकाको परिपत्र :–
वडा कार्यालयलाई हालसम्म रातो किताब उपलब् नगाक गाउँपालिका कार्यालयले भने हचुवाको भरमा वडाहरूलाई परिपत्र गरेको छ ।
गाउँपालिकाका जारि गरेको एक परिपत्र अनुसार वैशाख १० गते भित्र उपभोक्ता समिति गठन गरि गाउँपालिका कार्यालय सम्झौता गर्न भनिएको छ । जब कि वडा कार्यालयमा हालसम्म पनि रातो किताब पुगेको छैन ।
यता गाउँपालिकाा प्रवक्ता मोहनलाल कारले भने गाउँपालिकामा रातो किताबको प्रमाणित प्रतिलिपि तयार गरि वडा कार्यालयलाई पठाउने तयारी भईरहेको प्रतिक्रिया दिएका छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया