Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वन संरक्षण र बैधताबारे अन्तरक्रिया कार्यक्रम जयगढमा सम्पन्न


वन कार्यालय,स्थानीय सरकार र उपभोक्ता समूहबिच अन्तरक्रिया कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय अछामको आयोजनामा बन संरक्षण,कानुनी वैधता लगायतका बिषयमा सरोकारवालबिच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागी बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकाका विभिन्न वन उपभोक्ता समूहका पदाधिकारीले सामुदायिक वनहरूको कानुनी वैधताका सवालमा बिभिन्न जटिलता भईरहेको गुनासो गरेका छन् ।

विशेष गरि वनहरूको नवीकरण गर्न ढिलाइ हुँदा समस्या भईरहेको उनीहरूको दुखेसो छ ।

डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका उपाध्यक्ष बिन्दु रावल विशिष्ट अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले वन संरक्षणका सवालमा सबै भन्दा बढी उपभोक्ताहरू जागरूक बन्नुपर्नेमा जोड दिएका छन् ।

पालिकाका विभिन्न वनहरू समयमै नवीकरण हुन नसक्नु दुखद भएको उनको भनाई छ । आवश्यक पर्दा वन उपभोग गर्ने तर नीतिगत रुपमा नवीकरण दर्ता लगायतका काम समयमै नगर्नु उपभोक्ताको गैर जिम्मेवारीपन रहेको बताउँदै उनले नीतिगत रुपमा अघि बढ्न सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले वन संरक्षणसँगै आयमूलक क्रियाकलाप संचालन गर्नुपर्नेमा जोड दिएकी छन् ।

वन संरक्षण गर्नु हरेक नागरिकको दायित्व हुने बताउँदै उनले वनहरूको वैधानिकता र नवीकरणका लागि उपभोक्ताहरू जागरूक बन्नुपर्ने उल्लेख गरेकी छन् ।



क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode