Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बाजुराका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता ३ को उद्धार


बाजुराको जगन्नाथका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन् ।

जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीवार दिउँसो सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।

प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यी दुबै बालिकासहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्दार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode