Hikmat Acharya
  • १७ मंसीर २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

नयाँ वर्षको अवसरमा धर्तीको स्वर्ग रामारोशनमा भव्य कार्यक्रम हुने : के के हुदैछ रामारोशनमा ?


जिल्लाको प्रमुख पर्यटकीय स्थल रामारोशन क्षेत्रमा वृहत् सांस्कृतिक मेला तथा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुने भएको छ ।

यही वैशाख ६ र ७ गते राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामको आयोजना तथा रा पालिका र रामाराेशन पर्यटन विकासको समन्वयमा आयोजना हुन लागेको मेलामा स्थानीय उत्पादनका साथै देउडा,न्याउल्या,हुड्केउली,पुतला,भुवाे लगायतका संस्कृति झल्किने प्रस्तुति प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

१२ बण्ड १८ खण्ड तथा अत्यन्तै प्राकृतिक सुन्दरताले भरिपूर्ण रामाराेशन क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुन लागेको सांस्कृतिक महोत्सवमा थपर खयत प्राप्त कलाकारहरूको प्रस्तुति रहने सांस्कृतिक मेला व्यवस्थापन समिति संयोजक जनक साउँद (अछामी माग्ने बुढा) ले जानकारी दिए ।

• कार्यक्रमका मुख्य आकर्षक

बझाङकि केशरी बोहरा, अमना रोकाया, रामप्यारी साउँद,कालिकोटका नेत्र राज शाही, भोज राज भाट,गोबिन्द्र बिस्टको प्रत्यक्ष देउडा खेल ।

अन्य कलाकारहरू नरेन्द्र रावल, भरत अधिकारी जलन , पर्वत जैगडी, देवेन्द्र भाट,जनक साउद ,रूपक परियार ,रु्र िक,महेन्द्र िी,लक्ष्मण मयाल,अविराम बटाला लगायतको बेजाड प्रस्तुति रहने जनाइएको छ ।

• सांस्कृतिक मेलाको मुख्य उद्देश्य

१,अछामको पर्यटकीय स्थल रामारोशन क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने ।

२,स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने ।

३,स्थानीय उत्पादनलाई बढुवा तथा प्रोत्साहन गर्ने ।

४,स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगिक वस्तुहरूको व्यापार प्रर्दधनम सहयोग ु्यउन ।

५, बजार विस्तार एवं नयाँ वस्तु उत्पादन गर्ने अवसर सिर्जना गर्ने ।

६, सुदूरपश्चिमको मौलिक एवं परम्परागत कला, लोक संस्कृति तथा साहित्यको जगेर्ना गर्न सहयोग पुर्‍याउने ।

लगायतका उद्देश्य बोकेर मेला सञ्चालन हुन लागेको लोक तथा दोहोरी गीत प्रतिष्ठान अछामका अध्यक्ष जनक साउँदले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode