Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा आगलागीमा परि २ नाबालकको मृत्यु


अछाममा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको छ ।

जिल्लाको मेल्लेख गाउँपालिका वडा ६ षोडशामा छानामा आगलागी हुँदा २ जना नाबालकको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीय भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परि मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिए ।

उनका अनुसार सोमवार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परि ती नाबालकको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धानका लागी मेल्लेख प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नरेन्द्र बहादुर खड्काको नेतृत्वमा टोली खटिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode