Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा २ जना घाइते


अछाममा ट्र्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

जिल्लाको पंचदेवल नगरपालिका वडा नम्बर २ मा ट्र्याक्टर दुर्घटना हुँदा गाडीका चालक र सहचालक गरि २ जना घाइते भएका हुन् ।

बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा चालक बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाका २५ वर्षीय महेश बहादुर भारती र सहचालक पञ्चदेवल विनायक २ बस्ने २७ बस्ने नेत्र बि.क. रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा मंगलसैनमा लगिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode