Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा रुखबाट खस्दा एक जनाको मृत्यु


अछाममा रुखबाट खस्दा १ जनाको मृत्यु भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ मा रुखबाट खस्दा १४ वर्षीय बालकको मृत्यु भएको हो ।

रुखबाट खसेर ज्यान गुमाउनेमा स्थानीय भरत रोकायाका १४ वर्षीय छोरा पुरन रोकाया रहेका छन् ।

वडा नम्बर ५ को राधेअ गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक बनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनी खसेका थिए ।

ज्यान गुमाएका १४ वर्षीय पुरन स्थानीय नीलकण्ठ माद्यामिक बिद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत उनी कक्षाकै प्रथम विद्यार्थी थिए ।

स्थानीयको भनाइलाई उदृत् गर्दै नेकपा माओवादी केन्द्रका नेता कम्मान साउँद जोशीलाले रुखबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । अछामको रामारोशन लगायतका लेकाली क्षेत्रमा रुखहरूबाट जडिवुटी तथा झ्याउहरू निकाल्ने बेचबिखन गर्ने चलन रहेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode