Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ


कैलालीमा एक महिलासहित दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेका लागूऔषध मुद्दामा ४ हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका १० बस्ने दिनेश राना र बिबिध मुद्दामा २५ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका  ८ बडैपुर बस्ने बन्दना पुन मगर रहेका छन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई आईतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनको लागि दुबैलाई प्रहरीले अदालतमा पेश गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode