Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा बिजोग : सरकारकै सदस्यले सरकारकै किन खने खेदो ?


बान्नीगढी जयगढ गाउँपालिका विभिन्न गतिविधिका कारण सामाजिक संजालमा प्रायजसो चर्चामा भइरहने पालिका हो ।

कहिले कर्मचारी,कहिले जनप्रतिनिधि त कहिले योजनाको सेटिङ्ग लगायतका विषयले चर्चामा आइरहने यस पालिका थप नयाँ मसालाले सामाजिक संजालमा चर्चामा छ ।

गाउँ सभाका एक सदस्य स्वयमले गाउँपालिका सरकारका विभिन्न बिषयमा प्रश्न तथा आरोप सहित सामाजिक संजालमा चर्चाका लागी मसाला पस्केका छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका वडा सदस्य ललित साउँदले शनिवार बिहान गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र उपाध्यक्ष बिन्दु रावलको फोटो सहित लेखेको एक स्टाट्स शनिवार फुर्सदमा रहेकाहरूलाई दिन कटाउने मेसो बनेको छ ।

उनले गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई एकै ड्याङको मुलाको संज्ञा दिएका छन् भने गाउँपालिका कार्यालय भैँसी मुकालेको गोठ जस्तो खाली रहेको उल्लेख गरेका छन् ।

उनले गाउँपालिकामा भन्दा जिल्ला बाहिर रहने कर्मचारीले पालिकाबाट सबै सुविधा लिइरहँदा पनि महालेखा परीक्षणमा बेरुजु नदेखिएको आपत्ति समेत प्रकट गरेका छन् ।

वडा सदस्य साउँदको स्टाट्समा आएका विभिन्न टिप्पणीको रिप्लाई दिँदै उनले गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई पालिकाका हाकिम र लेखापालले भत्ता मिलाइ दिए पुग्ने सम्म लेखेका छन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद र ३ वडा अध्यक्ष सहित नेपाली काँग्रेसको बहुमत छ भने दर्नाका वडा सदस्य ललित साउँद पनि नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।

वडा सदस्य ललित बहादुर साउँदले भत्ता पाउने गरि दैनिक भ्रमण भत्ताका लागि भ्रमण आदेश(Travel Order ) स्वीकृत गर्न गरेको आग्रह गाउँपालिका अध्यक्षले नमान्दा फेसबुकमा अनावश्यक लेखेको गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद निकट स्रोतको दाबी छ ।

गाउँ सभाका सदस्यहरूले पुष्टि नहुने गरि अनावश्यक आरोप प्रत्यारोप तथा मानहानि गरेमा सम्बन्धित सदस्यलाई स्पष्टीकरण सोध्ने जिम्मेवारी नदिने लगायतका विभिन्न अधिकार गाउँपालिका अध्यक्षमा निहित छ ।

वडा सदस्य साउँदको फेसवुक स्टाट्स हेर्न यहाँ क्लीक गर्नुस 


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode