Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रवार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए । मृत्यु हुनेमा ट्याक्टर चालक राजेश चौधरी र पाटन नगरपालिका १० पनालीका मन्धिर विष्ट रहेका छन् ।

ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसीले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode