Techie IT
  • २७ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रवार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटना परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए । मृत्यु हुनेमा ट्याक्टर चालक राजेश चौधरी र पाटन नगरपालिका १० पनालीका मन्धिर विष्ट रहेका छन् ।

ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसीले बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode