Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागी तुर्माखादको यस्तो रणनिति : के सम्भव होला ?


अछामको तुर्माखाँद गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न गाउँपालिकावासीलाई आग्रह गरेको छ ।

पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय विद्यार्थी अभावमा रित्तिँदै गएको अवस्थामा गाउँपालिकाले नयाँ विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशन गर्दै जनप्रतिनिधि, कर्मचारी र शिक्षककालाई आआफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन आग्रह गरेको हो ।

सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षणलाई उकास्न आफ्ना छोराछोरीलाई आफ्नो पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गरेर अध्ययन गराउन अनुरोध गरिएको गाउँपालिका अध्यक्ष डम्बर बिसीले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिकाको आर्थिक वर्ष २०८०८१ को वार्षिक नीति तथा कार्यक्रम एवं पुस १२ को गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरिएको छ । सो सूचनाको बेवास्ता गर्दै उहाँहरू सबैले निजी विद्यालयमा भर्ना गरे उहाँहरूले पाउने तलब, भत्तालगायत सेवा सुविधा रोक्का गर्छौँ ।’

गाउँपालिकाले लागू गरेको यस व्यवस्थाले शिक्षक, कर्मचारी र जनप्रतिनिधिलाई आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन रोक लगाएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि गाउँपालिकाले अवलम्बन गरेको नीतिलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, शिक्षा प्रेमीलगायत सरोकारवालासँग सार्वजनिक सूचनामार्फत अपिल गरेको छ ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode