Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

उपनिर्वाचनमा कांग्रेसका आकांक्षी धेरै ,छलफल लम्वियो


काठमाडौं । बैंशाख १५ गते इलाम–२ र बझाङमा हुने उपनिर्वाचनको उम्मेदवार चयनका लागि कांग्रेसले भोली पनि छलफल गर्ने भएको छ ।

मंगलबार सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस कार्यसम्पादन बोर्ड बैठकमा उम्मेदवार चयनका बिषयमा सहमति हुन नसकेपछि बुधबार पुन छलफल गर्ने भएको हो । उम्मेदवार चयनका लागि बुधबार चार बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस प्रवक्ता डा .प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाले उम्मेदवारमा धेरै आकांक्षी देखिएको छलफल लम्विएको जिकिर गर्नुभयो । त्यस्तै प्रवक्ता महतले गृहमन्त्रीमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार देखिएको भन्दै यसले आरोप पुष्टि हुने वातावरण बनेको जिकिर गर्नुभयो ।

कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । उहाले सदनमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा त्यसपछि उत्पन्न हुने पस्थीतिको जिम्मेवार सरकार हुने बताउनुभयो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode