Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

उपाध्यक्ष रावलद्वारा पचाङ्गा खानेपानी योजना गाज्राको अनुगमन


पचाङ्गा खानेपानी योजना बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ को अनुगमन गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक बिन्दु रावलको नेतृत्वमा गाउँपालिकाको वडा नम्बर १ गाज्रा पचाङ्गामा संचालित पचाङ्गा खानेपानी योजनाको अनुगमन मंगलबार अनुगमन गरिएको हो ।

गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत ४ लाख ८५ हजारको लागतमा संचालित उक्त आयोजनाबाट पचाङ्गाका करिब २५ घरधुरी लाभान्वित हुने छन् ।

उपभोक्ता समिति मार्फत संचालित योजनाको प्राविधिक मूल्याङ्कन अनुसार भुक्तानी गरिने गाउँपालिका उपाध्यक्ष रावलले बताएकी छन् ।

उपाध्यक्ष रावलका अनुसार योजनाको अनुगमनका क्रममा देखीएका कमी कमजोरीलाई सुधार गरि पूर्ण रुपमा स्टिमेट अनुसार काम अघि बढाउन निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा उपाध्यक्ष रावलसहित प्रवक्ता मोहनलाल ताम्राकार,निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार रावल,प्राविधिक तर्क सुनार लगायत सहभागी भएका थिए । 


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode