Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

१५ वर्षदेखि ‘फरार’ माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ


माओवादीका पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको नेपाल प्रेसलाई बताए ।

उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । खाम माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुख हुन् ।

खामविरुद्ध चीनिया ब्यापारीसँग यार्सागुम्बा व्यापारको ५ करोड रुपैया लुटेको आरोपमा पनि प्रहरीले खोजिरहेको थियो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode