Hikmat Acharya
  • २२ वैशाख २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रमेश भन्छन ; मृगौला प्रत्यारोपण त सफल भयो ,औषधि किनेर खानका लाई समस्या छ


अछाम । जिल्लाको साफेँवगर न पा ८ चण्डिकाका रमेश भुल   उच्च रक्तचाप र कोरोनाको बुस्टर डोजले विगत १८ महिना पहिले थला परे । गैरसरकारी संस्थामा काम गरिरहेका रमेशले एक वर्ष सम्म  आफ्नो आर्थिक अवस्थाले पुगे सम्म उपचार गरे ।

तर उपचार वाकी नै थियो,आर्थिक अभावका कारणले छ महिना पहिले भक्तपुरको अस्पताल छटपटाई रहेका रमेश भुल ले  अस्पतालको शैयाबाटै आफूलाई बचाई दिन आग्रह गरे । देश विदेश बाट रमेश का लागि  आर्थिक सहयोग जुट्दै गयो।

लोकप्रिय कार्यक्रम  इन्द्रेणीमा रमेश १३ लाख १७ हजार ५ सय ५५ रुपैयाँ गरियो ।

मृगौला पीडित रमेशको अवस्था जटिल थियो । चिकित्सकका अनुसार उनको उपचारका लागि  २५ लाख आवश्यक थियो ।

मृगौला प्रत्यारोपण त उहाँलाई गरेको आर्थिक  सहयोग ले सफल भयो  तर जीवन भर औषधि खानका लागि मृगौला पीडित लाई औषधि किन्न नै समस्या   छ ।

सरकारले मृगौला पीडितहरूलाई औषधिका लागि मासिक ५ हजार को व्यवस्था गरेको छ । त्यसका लागि भने गरिब परिचय पत्र अनिवार्य भनेको छ । यसले मृगौला पीडितहरूलाई धेरै समस्या रहेको छ  ।

सरकारले कानुन संशोधन गरेर पनि मृगौला प्रत्यारोपण गरेका सबै बिरामी ले निःशुल्क औषधिको व्यवस्था गरेको भए राम्रो हुने रमेशको भनाई छ ।

सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका  प्रमुख डाक्टर पुकार चन्द श्रेष्ठ नेतृत्वको टिमले सफल शल्यक्रिया
गरेका हुन ।

रमेशले भने मलाई नयाँ  जीवन दिनुहुने सम्पुर्ण सहयोगिहरुलाई धन्यावाद दिन्छु ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode