Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

१९ बर्षकै उमेरमा स्थायी शिक्षक बनीन् सरिता : पालिकामा फेल भईन् कि गराइयो ?


अछामको बान्नीगढी जयगढ गाउँपालिकाकी १९ बर्षिया किशोरी सरिता रावलले शिक्षक सेवा आयोगले लिएको परीक्षामा पहिलो पटकमै सफलता हासिल गरेकी छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका लिडिकि १९ बर्षिया सरिताले शिक्षक सेवा आयोग धगा लिइएको प्राथमिक तहको परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गरेकी हुन् ।

सम्भवतः १९ वर्षको उमेरमा शिक्षक बन्ने अछामकै पहिलो किशोरीमा उनी पर्छिन् ।

२०६० साल श्रावण १५ गते जन्मिएकी सरिताले कक्षा ५ सम्म लिडिमा रहेको कालिका प्राथमिक विद्यालयमा कक्षा ६ देखि १२ कक्षा सम्मको शिक्षा नन्दा माद्यामिक विद्यालय बाहुनगाउबाट हासिल गरेकी थिइन् ।

प्राथमिक तहका लागि भएको परीक्षामा खुा र मिा कोटामा लिखित परीक्षा पास गरेकी उनी अन्तरवार्तामा सहभागी १ सय १९ जनामध्ये ४४ नम्बरका खुलामा नाम निकाल्न सफल बनेकी हुन् ।

उनले भनिन्, “सानैदेखि शिक्षिका बन्ने रहर थियो धर परिवार र गुरुहरूको साथ र प्रेरणाका कारण छोटो सानै उमेरमा शिक्षक सेवा प्रवेश गर्न सफल भएँ’

“रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ।” उनले पढाइमा सहयग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् ।

मौका मिलेसम्म आफ्नै गाउँ ठाउँमा शिक्षण गर्ने उनको रहर छ ।

शिक्षा पेसामा लाग्ने छोरीको रहर सानै उमेरमा पूरा भएकोमा नेपाली काँग्रेसका नेता समेत रहेका बुवा सुरत रावल गौरव गर्छन् । समाजमा अझै पनि छोरी मान्छेलाई कमजोर दृष्टिकोणले हेर्ने चलन रहेकोमा दुखेसो गर्दै उनी अवसर र वातावरण पाएमा छोरीहरू धेरै अघि बढ्न सक्ने विश्वास व्यक्त गर्छन् ।

बान्नगढ गाँािाो परीक्षामा असफल भएकी थिइन् सरिता :

शिक्षक सेवा आयोगले लिएको परीक्षामा पहिलो पटकमै सफलता हासिल गरेकी १९ बर्षिया सरिता बान्नीगढी जयगढ गाउँपालिकाले लिएको करार शिक्षक छनोटको परीक्षामा भने असफल भएकी थिइन् ।

हाल लोक सेवा आयोगको परीक्षामा पहिलो पटकमै प्रयासमा सफलता हात पारेर आफूलाई दक्ष साबित गरेकी सरितालाई गाउँपालिकाको परीक्षामा फेल गराइएको आरोप लाग् थालेको छ।

गउँपलिकको शिक्षा समितिमा रहेकाहरूका आफन्तहरुलाइ गाउँपालिकाको परीक्षामा सेटिङ्गमा पास गराइएको र परीक्षा निष्पक्ष नगरेर सरितालाई फेल गराइएको कुरा शिक्षक सेवा आयोगको नतिजाले पुष्टि गरेको विषयमा सार्वजनिक ठाउँ चिया चौतारोमा चर्चा हुने गरेको छ ।


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode