विश्वासको मत पाएसंगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छ:प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसंगै देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताउनुभएको छ ।
विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गदै प्रचण्डले राष्ट्र र ज क्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताउनुभयो ।
यसअघि पनि विश्वासको मत दिएको भन्दै उहाले नयाँ राजनीतिक समिकरण सहित विश्वासको मत पाउदाको अनुभव अझ बढि लोकतान्त्रीक ढंगले सजिव रहेको जिकिर गर्नुभयो ।
उहाले आफुप्रति भरोषा गरेर मत दिनेलाई धन्यवाद दिदै बिपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस भन्नेलाई पनि धन्यवाद दिनुभयो ।
उहाले बुबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको हो ।
भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया