Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

थुनुवालाई समात्न खोज्दा लडेर दार्चुलामा प्रहरी जवानको ज्यान गयो


दार्चुला । दार्चुलामा थुनुवालाई समात्न खोज्दा लडेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत ३० वर्षीय सोहन चौधरीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आज बिहान साढे ११ बजेतिर जिल्ला प्रहरी कार्यालय पछाडि रहेको भीरबाट लडेर प्रहरी जवान सुवान चौधरी घाइते हुनुभएको थियो ।

प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर मुद्दा फाँटमा सोधपुछका क्रममा भागेका थिए । हतकडीसहित भागेका उनलाई समात्न खोज्दा प्रहरी जवान चौधरी भीरबाट लड्नुभएको थियो । उनी प्रहरी कार्यालयको पछाडिको भागबाट हाम फालेर महाकाली नदीमा पौडी खेल्दै भारततिर पुगेका थिए । उनलाई भारतपट्टिका गोरखा रेजिमेन्ट ९जीआर० ले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

हिरासतमा रहेका उमेशसिंह कुँवर यसअघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार रहेका थिए । उनले प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । उनले श्रीमती धनिशालाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको भन्दै प्रहरीमा उजुरी आएपछि माघ ७ गते सामुदायिक प्रहरी केन्द्र बांगा बगरबाट प्रहरीको टोली घरमा पुगेको थियो । घरमा पुगेका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नामाथि उमेशसिंहले चक्कु प्रहार गरी घाइते बनाएका थिए । पक्राउ परेका कुँवरमाथि प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode