राष्ट्रियसभाको अध्यक्ष (माओवादी केन्द्र)का दाहाल र कांग्रेसका शर्माको उम्मेदवारी दर्ता

राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट फरक–फरक उम्मेदवारी दर्ता भएको छ ।
सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद ण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहनुभएको छ ।
त्यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा नेपाी कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराउदै सत्ता गठबन्धनतर्फका उम्मेदवार दाहालले आफूले दिएको योगदानको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
त्यस्तै उहाले सामान्यतः प्रदेशको सह–इन्चार्जको जिम्मेवारीमा जाँदासमे पार्ी धय् प्रचण्डसंग जोडेर हेरिने गरेको भन्दै आफुमाथि लागेको आरोप पहिलो नभएको जिकिर गर्नुभयो ।
त्यस्तै कांग्रेस उम्मेदवार शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताउनुभयो । उहाँले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने बताउनुभयो ।
शर्माले पाँच दश लामो रानीिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको धारणा राख्नुभयो । राष्ट्रियसभाको निर्वाचन मंगलबार हुँदैछ ।
राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ । एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांस भए बहुमत पुग्छ । तयसतै कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् भने लोसपाको १ सांसद छ ।

भण्डारी नेपाल पत्रकार महासंघ अछामका सह सचिव समेत हुन् । उनले समसामयिक विषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया