Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बाबुले गरे आफ्नै नाबालिग छोरीमाथि बलात्कार


अछाममा एक बाबुले आफ्नै नाबालिग छोरीमाथि बलात्कार गरेका छन् ।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँमा ३५ वर्षीय बाबुले आफ्नी १२ बर्षिया छोरीलाई बलात्कार गरेका हुन् ।

नाबालिग छोरी बलात्कारको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।

उनका अनुसार शनिवार दिउँसो अन्दाजी ३:३० बजेको समयमा नावालिकामाथी आफ्नै बाबुले घरभित्रै करणी गरेका थिए ।

नावालिग छोरीमाथि बलात्कार भएको आमाले थाहा पाएसँगै स्थानीय मार्फत घटनाबारे प्रहरीलाई खबर भएको थियो ।

घटनाबारे खबर पश्चात् शनिवार साँझै बाबुलाई नियन्त्रणमा लिइएको र म्याद थप गरि थप अनुसन्धान भईरहेको बताईएको छ ।

बलात्कृत नाबालिगको शनिवार नै स्वास्थ्य परीक्षण गरिएको र प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखीएको पाइएको छ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode