Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बुबाको स्मृतिमा २ लाख बराबरको गगनसिंह स्मृति अक्षयकोष बनाउने घोषणा


रामारोशन गाउँपालिका वडा न : ५ रामारोशन पातल खोडेखोला निवासी बलराम रोकायाले बुबाको स्मृतिमा २ लाख बराबरको गगनसिंह स्मृति अक्षयकोष बनाउने घोषणा गरेका छन् । ६४ बर्षको उमेरमा दिवंगत हुनुभएका आफ्ना बुबा गगन सिंह रोकायाको को दस दिने पुण्यतिथिमा आज उनले सो घोषणा गरेका हुन् ।

रोकायाले आफु पहिलो पटक भर्ना भएर पढेको श्री निलकण्ठ माबि पातलमा बुबाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।
पछिल्लो समयको प्रगतिशील भनिने माओवादी आन्दोलनको उपलब्धिलाई पुजीवादी संस्कृतिले धरासायी बनाइरहेको वर्तमान परिवेशमा हरेक सामाजिक साँस्कृतिक , संस्कारहरु जनमुखी बनाउदै लग्नु पर्ने आवश्यकता रहेकोले आजको २१औँ शताब्दिमा संस्कारको नाममा रुढिवाद र अन्धविश्वासलाई मात्रै निरन्तरता दिइरहनु दुखद रहेको उनले बताए ।

क्रान्तिकारी विचार प्रवाह गरिरहने रोकायाले गलत राजनीतिक प्रवृत्तिले धरासायी बनेको आफ्नो गाउँको सार्वजनिक शिक्षामा थोरै भए पनि रुपान्तरणको सुरुवात हुने र यस्ता जनहितकारी सामाजिक कार्यलाई संस्कार र संस्कृति कै रुपमा विकास गर्न सके आफुले गरेको परिवर्तनकामी कार्यको श्रीगणेश सार्वजनिक शिक्षा सुधारको कोसेढुंगा साबित हुने समेत उल्लेख गरे ।

साथै उनले उक्त अक्षयकोषमा बार्षिक रुपमा रकम बढाउदै लग्ने उदेश्य रहेको समेत बताए ।


क्याटेगोरी : पालिका, शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode