Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नयाँ सत्ता साझेदार दलहरूबीच मुख्य मन्त्रालयको बाँडफाँड टुंगियो


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेको २ दिनपछि नयाँ सत्ता साझेदार दलहरूबीच मुख्य मन्त्रालयको बाँडफाँड टुंगिएको छ । नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, रास्वपासहितका सत्ता साझेदार दलले मन्त्रिपरिषद्मा भागबण्डा गरेका हुन् ।

बुधावार टुंगिएको भागबण्डा अनुसार माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नेछन् ।माओवादीबाटै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने तय भएको छ ।

एमालेका तर्फबाट सरकारमा पार्टी सचिव रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने तय भएको छ ।

एमालेबाट यसअघि नै पदम गिरीले शपथ लिइसकेका छन् भने दामोदार भण्डारी, हरि उप्रेती, राजेन्द्र राई, ज्वालाकुमारी साह, भगवती चौधरी र बलराम अधिकारी पनि मन्त्री बन्ने तय भएको छ । उनीहरूले पाउने मन्त्रालय यकिन हुन बाँकी छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने पक्का भएको नेताहरूले बताएका छन् । लामिछाने संगै डीपी अर्याल श्रम मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने इच्छा देखाएको दाबी नेताहरूले गरेका छन् । सरकारमा सहभागी भएमा उसले २ मन्त्रालय पाउनेछ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा०ले सरकारमा सहभागी हुनुअघि मधेश सरकारको निरन्तरताको प्रतिबद्धता खोजेको छ ।

मधेशमा जसपाको सरकार निरन्तर रहने प्रतिबद्धता पाए संघीय सरकारमा सहभागी हुने उसको तयारी छ । कांग्रेस सहितको पुरानो गठबन्धन तोडेर प्रचण्डले सोमवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

पहिलो चरणमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको थियो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode