Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नन्दा माविको वार्षिकोत्सव : आवश्यक सहयोग गर्ने उपाध्यक्ष रावलको प्रतिबद्धता


नन्दा माद्यामिक विद्यालय कालिकाले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा रहेको विद्यालयले स्थापनाको ६९ औँ वार्षिक उत्सवका अवसरमा उत्कृष्ट जेहेन्दार विद्यार्थीलाई पुरस्कार बितरण र सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर साउँदको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपाध्यक्ष बिन्दु रावलले आफ्नो वडामा रहेको नन्दा माद्यामिक विद्यालयले शिक्षा क्षेत्रमा बनाएको छुट्टै पहिचानले गौरवान्वित हुने गरेको उल्लेख गरिन् ।

शिक्षा क्षेत्रका सवालमा अभिभावकहरूको बेवास्ताप्रति चिन्ता व्यक्त गर्दै उनले बिद्यार्थीसंगै अभिभावक बने मात्रै शिक्षा क्षेत्रको सुधार हुनेमा जोड दिएकी छन् ।

बिद्यालयको पठन पाठनसँगै आफ्ना नानीबाबुको पढाईको अवस्था लगायत विद्यालयसँग सम्बन्धित बिषयमा अभिभावकहरू जागरूक नबन्नु दुर्भाग्य बनेको उनको तर्क छ ।

शिक्षा क्षेत्रको सुधार बिना कुनै पनि संस्थागत र सामाजिक उपलब्धि हासिल गर्न सम्भव नहुने बताउँदै उनले यश बिषयमा सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने उल्लेख गरेकी छन् ।

नन्दा माद्यामिक बिद्यालयको संस्थागत हक हितका लागि आफू र आफ्नो क्षेत्रबाट हुने आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष लाल कामी ,वडा सदस्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतका अतिथि रहेका थिए ।

कार्यक्रमका अवसरमा विद्यालयमा विभिन्न स्थान हासिल गरेका बिद्यार्थिहरुलाइ पुरस्कृत र विभिन्न अक्षय कोष मार्फत जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग तथा छात्रवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक सुरत बहादुर रावलले गरेका थिए ।


क्याटेगोरी : शिक्षा, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode