Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कुकुरलाई कुटेको भन्दै शिक्षक दाजुभाइले कुटे विद्यार्थी : अस्पताल भर्ना


कैलालीमा कुकुरलाई कुटेको बिषयमा शिक्षक दाजुभाइले विद्यार्थी कुटेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित जनता माध्यमिक विद्यालयका शिक्षक नरेश भट्ट र उनका भाइ नरेश भट्टले कुकुर कुटेको बिषयमा कुटपिट गर्दा एक विद्यार्थी घाइते भएका छन् ।

शिक्षक दाजुभाइको कुटाइबाट घाइते भएका सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय प्रवीण रानाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ ।

बाटोमा हिँडिरहेका बेला शिक्षकले निर्घात कुटपिट गरेको घाइते प्रवीणकी दिदी सिमाना रानाले बताइन् ।

“गयराती भाइ गाउँबाट घर आउँदै थियो बाटोमा शिक्षक नरेश भट्ट सरको कुकुर टोक्न आएपछि भाइले कुकुरलाई ढुङ्गाले हान्यो उनले भनिन,कुकुरलाई किन हानिस् भनेर सर र उनका भाइ चेतराज भट्ट मिलेर लट्ठीले भाइलाई कुटे ”

कुटपिटबाट घाइते प्रवीणको खुट्टा र छातीमा चोट लागेको छ ।

कुटपिट गर्ने शिक्षक नरेश भट्टले सामान्य विवादलाई ठुलो विषय बनाउन आवश्यक नरहेको प्रतिक्रिया दिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode