Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

पहाडी रुटका बसले खाना खुवाउने अड्डा महेश्वरी होटेलको खानामा किरा भेटिएपछि…


सुदूरपश्चिम प्रदेशका पहाडी रुटमा चल्ने सार्वजनिक बसहरूले खाना खुवाउने होटेलको खानामा किरा भेटिएको छ ।

पहाडी रुटमा चल्ने सार्वजनिक बसहरूले खाना खुवाउने अड्डाका रुपमा चिनिएको डडेल्धुराको टडिबाटामा रहेको श्री महेश्वरी होटल एण्ड लजमा खाने क्रममा दालमा किरा भेटिएको हो ।

उक्त होटेलको खानामा किरा भेटिएको भन्दै ओझा गणेशले सामाजिक संजालमा स्टाट्स लेखेका छन् । किरा भेटिएको खाना सहित पोस्ट गरेको उनको स्टाट्स दर्जनौँले शेयर गरेका छन् भने विभिन्न टिका टिप्पणी भइरहेका छन् ।

पहाडी रुटमा चल्ने बसका सञ्चालकले होटलवालासंग मिलेर एक्लै होटल भएको ठाउँमा जबरजस्ती खाना खान बाध्य पार्ने गरेको यात्रुहरूको गुनासो छ ।

ओझाको स्टाट्समा कमेन्ट गर्नेहरूले पहाडी रुटका सार्वजनिक बसहरूमा यात्रा गर्ने यात्रुहरू खानाका नाममा जहिल्यै लुटिने,होटलहरुले अखाद्यबस्तु खुवाउने र चर्को मूल्य असुल्ने गरे पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको बताएका छन् ।

खानामा किरा भेटिएको श्री महेश्वरी होटल एण्ड ल अछाम,बाजुरा र डोटीसँगै अन्य पहाडी जिल्लाबाट आवतजावत गर्ने बसहरूले खाना खुवाउने अड्डा हो ।

यता होटलका संचालक श्याम बहादुर बिएलले भने खानामा किरा भेटिएको विषय गलत रहेको दाबी गरेका छन् ।

फेसबुकमा पोस्ट गर्ने ओझाले आफूले घरबाट समेत खाना बोकेर ल्याएको र आफ्नो होटेलमा १ खाना र १ हाप खाना मगाएकोमा उनले घरबाटै ल्याएको खानामा किरा भेटिएको हुन सक्ने उनको दाबी छ ।

खानामा किरा भेटिएको भन्दै प्रचार गर्ने विरुद्ध कानुनी उपचार खोज्ने उनले बताएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode