Techie IT
  • २८ मंसीर २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

पहाडी रुटका बसले खाना खुवाउने अड्डा महेश्वरी होटेलको खानामा किरा भेटिएपछि…


पहाडी रुटका बसले खाना खुवाउने अड्डा महेश्वरी होटेलको खानामा किरा भेटिएपछि…

सुदूरपश्चिम प्रदेशका पहाडी रुटमा चल्ने सार्वजनिक बसहरूले खाना खुवाउने होटेलको खानामा किरा भेटिएको छ ।

पहाडी रुटमा चल्ने सार्वजनिक बसहरूले खाना खुवाउने अड्डाका रुपमा चिनिएको डडेल्धुराको टडिबाटामा रहेको श्री महेश्वरी होटल एण्ड खाने क्रममा दालमा किरा भेटिएको हो ।

उक्त होटेलको खानामा किरा भेटिएको भन्दै ओझा गणेशले सामाजिक संजालमा स्टाट्स लेखेका छन् । किरा भेटिएको खाना सहित पोस्ट गरेको उनको स्टाट्स दर्जनौँले शेयर गरेका छन् भने विभिन्न टिका टिप्पणी भइरहेका छन् ।

पहाडी रुटमा चल्ने बसका सञ्चालकले होटलवालासंग मिलेर एक्लै होटल भएको ठाउँमा जबरजस्ती खाना खान बाध्य पार्ने गरेको यात्रुहरूको गुनासो छ ।

ओझाको स्ा्म केन्ट गर्नेहरूले पहाडी रुटका सार्वजनिक बसहरूमा यात्रा गर्ने यात्रुहरू खानाका नाममा जहिल्यै लुटिने,होटलहरुले अखाद्यबस्तु खुवाउने र चर्को मूल्य असुल्ने गरे पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको बताएका छन् ।

खानामा किरा भेटिएको श्री महेश्वरी होटल एण्ड ल अछाम,बाजुरा र डोटीसँगै अन्य पहाडी जिल्लाबाट आवतजावत गर्ने बसहरूले खाना खुवाउने अड्डा हो ।

यता होटलका संचालक श्याम बादर बएले भने खानामा किरा भेटिएको विषय गलत रहेको दाबी गरेका छन् ।

फेसबुकमा पोस्ट गर्ने ओझाले आफूले घरबाट समेत खाना बोकेर ल्याएको र आफ्नो होटेलमा १ खाना र १ हाप खाना मगाएकोमा उनले घरबाटै ल्याएको खानामा किरा भेटिएको हुन सक्ने उनको दाबी छ ।

खानामा किरा भेटिएको भन्दै प्रचार गर्ने विरुद्ध कानुनी उपचार खोज्ने उनले बताएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode