Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा गरिब जनताका लागी आएको ७५ लाख बजेट गायब : कसैले खायो कि हरायो ?


बान्नीगढी जयगढ गाउँपालिकामा गरिब जनताका लागी आएको बजेट गायब भएको खुलेको छ ।

गत आर्थिक वर्षमा खरको छाना विस्थापित गर्ने लक्ष्य अनुरूप संघीय सरकारको सघन सहरी विकास कार्यालय डोटीबाट १५० घरधुरीको लागि आएको ७५ लाख बजेट गायब भएको खुलेको हो ।

गरिब जनताका लागी आएको गत आर्थिक वर्षको गायब भएको विषय गाउँपालिकाका जनप्रतिनिधिले नै खुलासा गरेका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष नवराज साउँदले गत आर्थिक वर्षमा खरका छाना विस्थापित गरि गरिब जनतालाई टिनका जस्तापाता उपलब्ध गराउने उद्देश्यले आएको बजेट हराएको विषय सामाजिक संजालमा उल्लेख गरेका छन् ।

उनका अनुसार गाउँपालिकाका लेकाली भूभागसँगै बिभिन्न टोलहरूमा खरका छानामा बस्ने सर्वसाधारणलाई टिनका जस्तापाता उपलब्ध गराउन पालिकाको टोलीले अनुगमन समेत गरेको थियो ।

खर छानाको संख्या लगायतका बिषयमा अनुगमन कार्य सम्पन्न भइसके पश्चात् वडाले सिफारिस समेत गरिसकेका तिँ फाइलहरू कता हराए,बजेट कता हरायो भन्ने बिषयमा कुनै जानकारी नगराइएको उनको भनाई छ ।

गाउँपालिकाको कार्यपालिका बैठकमा भएका निर्णयहरु अलपत्र गर्ने गरेको इंगीत गर्दै वडा अध्यक्ष साउँदले कार्यपालिकाका गोप्य कुरा बाहिर नल्याउने कसम खाएको भए पनि जनतासँग जोडिएका जनहितका सवालमा भएका निर्णय र तिनको भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

खरको छाना विस्थापित गर्न आएको ७५ लाख बजेट फासफुस हुनुमा गाउँपालिकाको नेतृत्वको ठुलो कमजोरी देखिन्छ ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत झनक रेग्मीले भने गत आर्थिक वर्षमा प्रकृया पुगेर तोकादेश भई सकेका थुप्रै फाइलहरूको भुत्तानी लेखा शाखामा गएर रोकिएको बताउँदै यस बिषयमा के भएको भन्नेबारे जानकारी लिएर मात्रै एकिन गर्न सकिने बताएका छन् ।

खरको छाना विस्थापित गर्ने उद्देश्य सहित आएको बजेट हराएको बिषयमा वडा अध्यक्ष नवराज साउँदको फेसबुक स्टाट्समा अन्य जनप्रतिनिधिले पनि समर्थन जनाउँदै सरकारको नेतृत्वको आलोचना गरिरहेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode